२० असार २०८३, शनिबार

मन्त्री महासेठको झण्डावाल गाडीबाट देखिँदैन काठमाडौंको जाम, भन्छन् - सुधार भइसक्यो

मन्त्री महासेठको झण्डावाल गाडीबाट देखिँदैन काठमाडौंको जाम, भन्छन् - सुधार भइसक्यो

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं उपत्यकाको जाम र अस्तव्यवस्ततामा सुधार आइसकेको दाबी गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्षको पहिलो चौमासिकको लक्ष्य एवंम प्रगति विवरण जानकारी गारउन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । ‘म मन्त्री भएर आउँदा काठमाडौंमा धेरै अस्तव्यवस्तता थियो’ उनले भने, ‘काठमाडौं उपत्यकामा त्यति बेलाको तुलनामा क्रमिक रुपमा सुधार आइसकेको छ।’

तपाई त झण्डावाल गाडीमा हिँड्नु हुन्छ, आम सर्वसाधारणले त अस्तव्यस्तता हटेको अनुभुति गरेका छैनन् नि ? भन्ने पत्रकारको जिज्ञासामा मन्त्री महासेठले आफू मन्त्री भएपछि सरकारका कानुन अनुसार चलेको र कानून अनुसार नै झण्डावाल गाडीमा चढेको प्रतिक्रिया दिए । ‘हो म मन्त्री भएपछि झण्डावाल गाडीमा हिँड्छु, कहिलेकाँही ट्याक्सीमा समेत हिँड्छुँ’ उनले भने, ‘कानून अनुसार नै म झण्डावाल गाडीमा हिँड्ने गरेको हुँ । तपाईहरुले महसुस गर्नु भएको छ होला काठमाडौंको उपत्यकाको अस्तव्यस्ततामा सुधार आएको ।’

मन्त्री महासेठले सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा लिएका कामको लक्ष्य सन्तोषजनक रहेको दाबी गरे । उनले नेपाल सरकारले नेपाल सरकारको लोगो भएको रेल खरिद गर्ने प्रक्रिया अघि बढाएको समेत बताए । सरकारले रेल खरिद गर्ने प्रक्रिया आगाडि बढाइसकेको दाबी गर्दै उनले आगमाी जनवरी १० तारेख भित्र कुन किसिमको रेल खरिद गर्ने भन्ने टुङ्गो लाग्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्