
काठमाडौं– स्याङ्जा र काठमाडौंमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका ३० भिमसेनस्थानस्थित शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुर नगरपालिका १४ का ५० बर्षीय विजय बर्मा आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौंको शंकरापुर नगरपालिका(९ का ४५ वर्षीया शोभा केसी आफ्नै घरमा आइतबार दिउसो अचेत अवस्थामा निजको भाईले फेला पारी स्थानीयको सहयोगमा उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल ल्याउने क्रममा बाटोमानै मृत्यु छ ।
ता स्याङ्जाको गल्याङ नगरपालिका ३ नयाँ बजारमा ३० वर्षीय मणि पाठक आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाबार स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।