२९ जेठ २०८३, शुक्रबार

सप्तरीका सिडिओ र सुरक्षा निकायका प्रमुख गृहमन्त्रालयमा फिर्ता

कात्तिक २०, २०७४
 सप्तरीका सिडिओ र सुरक्षा निकायका प्रमुख गृहमन्त्रालयमा फिर्ता
काठमाडौं, २४ फागुन — सप्तरीमा सोमवार प्रहरी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा मानवीय क्षति भएपछि गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिवेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डिएसपी दानबहादुर कार्कीलाई मन्त्रालयमा बोलाउने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

यसैबीच उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरूलाई आज बिहान प्रहरी मुख्यालय नक्सालमा बोलाएर सप्तरीमा हिजो भएको मानवीय क्षतिको घटनाबारे जानकारी लिएका छन् ।

त्यसक्रममा गृहमन्त्री निधिले बल प्रयोग नगरी स्थिति सामान्य अवस्थामा फर्काउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।

करीब डेढघण्टा लामो छलफलमा नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी, नेपाल प्रहरीका कार्यविभाग प्रमुखसहित गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख बालकृष्ण पन्थी लगायतको उपस्थिति रहेको थियो ।

सुरक्षा निकायका प्रमुखहरूले सप्तरीमा हिजो र आज भएका घटनाबारे जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्