०९ असार २०८३, मंगलबार

तीब्र गतिको ‘जेटस्ट्रिम’ले बढायो चिसो

पुस १६, २०७५
तीब्र गतिको ‘जेटस्ट्रिम’ले बढायो चिसो

काठमाडौं–वायुमण्डलको माथिल्लो भेग हुँदै तीब्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ ।

जेटस्ट्रिम र भारतको उत्तर–पश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो । भारतीय भूमिबाट चीनको तिब्बतर्फ बहने तीब्र गतिको यूरोपेली वायु नेपालकै भू–भाग भएर बहँदा त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असरले अहिले चिसो बढाएको बरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताए । आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्