२३ असार २०८३, मंगलबार

प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई भारी बहुमत, ३५० मध्ये २८१ सिटमा विजयी

प्रधानमन्त्री शेख हसिनाको पार्टीलाई भारी बहुमत, ३५० मध्ये २८१ सिटमा विजयी

काठमाडौं– बंगलादेशमा भएको आम चुनावमा प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी लगातार तेस्रो कार्यकालका लागि विजयी भएको छ । सन् २००९ देखि सत्तामा रहेकी शेख हसिना अब आउँदो कार्यकाल पनि प्रधानमन्त्री रहने पक्का भएको छ ।
प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले आफ्नो पकड पुनः दोर्होयाएको हो । ३५० संसदीय क्षेत्रमध्ये अवामी लिगले २८१ मा जित दर्ता गरेको बंगलादेशको निर्वाचन आयोगले जनाएको छ । जितसँगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गरेकी छिन् ।

वर्तमान प्रधानमन्त्री फेरि अर्को कार्यकालका लागि सत्तामा कायम रहने बाटो खोलेको रुपमा हेरिएको चुनावमा व्यापक स्तरमा धाँधली भएको आरोप विपक्षीको छ । मतदान केन्द्रहरुमा मतदान सुरु हुनु पूर्व नै भरिएका मतपेटिका देखिएका थिए । प्रमुख विपक्षी पार्टी गानो फोरमका नेता कमाल हुसैनले हाँस्यापद चुनावको नतिजा तत्काल रद्द गरी नयाँ चुनावका लागि निर्वाचन आयोगसँग अपिल गरेका छन् ।

स्वतन्त्र चुनावी सरकारको मातहतमा जतिसक्दो चाँडो नयाँ चुनावका गराउनु पर्ने उनले बताएका छन् । उनको पार्टीले मात्रै सात सिट जितेको छ । मतदान सुरु हुनु भन्दा पहिले नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिस्कार गरेका थिए । मतदानका क्रममा भएको हिंसामा परी बंगलादेशमा १७ जनाको मृत्यु भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्