०४ असार २०८३, बिहीबार

मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन, काममै अवरोध पुग्ने गुनासाे

पुस १६, २०७५
मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन, काममै अवरोध पुग्ने गुनासाे

रामेछाप–मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । 

कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् । 

तर, स्थानीय र सेवाग्राहीको असन्तुष्टिप्रति ढकालले चासो दिएका छैनन् । कार्यालय भवनभित्र प्रवेश गर्ने मूलढोका नै थुनेर ढकालले कुखुरापालन गर्दा सेवाग्राहीहरूलाई कार्यालयमा आवातजावत गर्न नै समस्या भएको छ । मूलढोका बन्द हुँदा सेवाग्राही वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्