११ असार २०८३, बिहीबार

कांग्रेस–सरकारबीच दूरी झन् झन् बढ्दै

पुस १६, २०७५
कांग्रेस–सरकारबीच दूरी झन् झन् बढ्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीचको दूरी थप बढ्दै गएको छ । पछिल्लो समय सरकारले कर्मचारी समायोजनका नाममा अध्यादेश ल्याएपछि कांग्रेस र सरकारबीचको दूरी थप बढ्दै गएको हो ।
संसद्को हिउँदे अधिवेशन सुरु भएको पहिलो दिन गत बुधबार नै विपक्षी दल कांग्रेसले संसद् बैठकमार्फत सरकारको कडा आलोचना गरेको थियो । कांग्रेसले जननिर्वाचित संसद्को थलो छलेर सरकारले कर्मचारी समायोजनका नाममा अध्यादेश ल्याएको आरोप लगाउँदै आएको छ ।

उसले संसद्मार्फत नै दलहरूबीचको परामर्शमा ऐन ल्याउन सकिने अवस्थामा समेत विपक्षमा रहेका दललाई देखाइदिने नियतले अध्यादेश ल्याएको र सरकारले नै प्रतिपक्षसँगको दूरी बढाउन चाहेको बताएको छ ।
कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडले सरकारले एकपछि अर्को गर्दै जनताका हितविपरीतका गतिविधि गर्दै अघि बढेको र अब संसद्मा प्रतिपक्ष पनि छ भन्ने सरकारलाई आभास गराइदिने जनाए ।

‘सरकार दायाँबायाँ कोही छैनन् भन्ने जसरी अघि बढिरहेको छ । जनताका हितविपरीतका घटना एकपछि अर्को गर्दै दोहोरिरहेका छन्,’ खाँडले भने, ‘कांग्रेसले अब संसद् र सडकबाट प्रतिपक्ष छ भन्ने देखाइदिन्छ ।’मुख्य सचेतक खाँडले सरकारले प्रदेशलाई अधिकार विकेन्द्रित गर्नुको साटो भएका अधिकारसमेत प्रधानमन्त्री कार्यालयमा केन्द्रीकृत गर्नुले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सरकारको प्रतिबद्धतामा शंका उब्जिएको बताए । राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्