
काठमाडौं– काठमाडौं जिल्ला अदालतका डिठ्ठा (खरिदार) घुस रकसमसहित पक्राउ परेका छन् ।
डोर खटी बण्डा मुचुल्का बनाउनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाइ घुस रकम माग्ने खरिदार बिदुर पोख्रेल १० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।
सेवाग्राहीबाट घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले पोख्रेललाई पक्राउ गरेको हो ।
पोख्रेललाई घुस लिइसकेको अवस्थामा काठमाडौंको सोह्रखुट्टेस्थित एसबी फास्टफूडबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।