
काठमाडौं — इरानी सशस्त्र बलका प्रमुख मोहम्मद बकेरीले अमेरिकाले खाडी क्षेत्रमा उपस्थिति जनाएर असुरक्षाको भावनालाई बढाएको बताएका छन् ।
इरानी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार, बकेरीले आइतवार दक्षिणी इरानी बन्दरगाह शहर बन्दर अब्बासमा संवाददाताहरूसँग कुरा गर्दै अमेरिकीहरूको उपस्थिति भएको ठाउँमा असुरक्षाको बिउ गोडिने गरेको बताए ।
सिन्ह्वाको रिपोर्टअनुसार, खाडी देशहरू आफ्नै बलबुतामा सुरक्षा सुनिश्चित गर्न सक्षम रहेको र यस क्षेत्रमा अमेरिकी उपस्थितिले असुरक्षा मात्र जन्माएको उनको भनाइ छ ।
शनिवार मात्र इरानका परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफले पनि खाडीमा अमेरिकी सैन्य उपस्थिति अवैध भएको र त्यसले तनाव उत्पन्न गर्ने बताएका थिए ।
एजेन्सी