
काठमाडौँ–काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ ।
आज काठमाडौँको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
आइतबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस थियो ।
अब केही दिन काठमाडौँको न्यूनतम तापक्रम ० देखि ३ को हाराहारीमा रहने मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।
तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्न सक्ने महाशाखाले जनाएको छ ।