२७ असार २०८३, शनिबार

थाइल्यान्डमा पछिल्लो हप्तामा व्यापक सडक दुर्घटना, १८२ जनाको मृत्यु

थाइल्यान्डमा पछिल्लो हप्तामा व्यापक सडक दुर्घटना, १८२ जनाको मृत्यु

काठमाडौं — थाइल्यान्डका अधिकारीहरू बिदाको समयमा कीर्तिमान कायम गर्ने गरी हुने सडक दुर्घटनाका लागि तयार भएर बसेका छन् । क्रिमसस र नयाँ वर्षको बिदाताका थाइल्यान्डका राजमार्गमा धेरै दुर्घटना हुने गर्छन् ।

दक्षिणपूर्वी एसियाकै सबभन्दा घातक सडक दुर्घटना थाइल्यान्डमै हुने गरेको छ । 

प्रायः मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरूले दुर्घटना गराउने गरेका छन् । बिहीवार र शनिवारबीच १८२ मृत्युका घटना भएका छन् । पोहोर साल यही समयमा १६७ जना मरेका थिए । 

थाइल्यान्डका सडकमा विगत तीन दिनमा १६ सय ३३ वटा गाडी दुर्घटनामा परेका थिए । 

विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार, थाइल्यान्डमा प्रतिवर्ष एक लाख मानिसमध्ये ३२.७ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । 

मानिसहरू साथीभाइ र परिवारलाई भेट्न आउँदा जाँडपानी खाने गर्छन् र गाडी चलाउँछन् । त्यसैले गर्दा दुर्घटना हुन्छ । थाइ प्रहरीले नयाँ वर्षका सात खतरनाक दिन भनी बिहीवारदेखिको अवधिलाई गनेको छ ।

प्रहरीका अनुसार, विगत तीन दिनमा भएका ४०.९ प्रतिशत दुर्घटना मापसेका कारण भएको अनि २७.२ प्रतिशत चाहिँ तीव्र गतिमा गाडी चलाएका कारण भएको हो । 

दुर्घटनामा पर्ने गाडीमध्ये तीन चौथाइ मोटरसाइकल छन् । हेल्मेट नलगाएका ४५ हजार ६ सय ५२ मोटरसाइकल चालकलाई चेकपोइन्टहरूमा पक्राउ गरिएको छ । अनि चालक अनुमतिपत्र नबोक्ने ४२ हजार ६ सय ४९ चालकलाई
पनि प्रहरीले पक्राउ गरेको छ । 

थाइ अधिकारीहरूले मापसे गरेर गाडी चलाउने प्रवृत्तिलाई रोक लगाउने प्रयास गरिरहेको छ । खतरनाक चालकहरूलाई लज्जित तुल्याउनका लागि ड्याशबोर्ड क्यामरा प्रयोगलाई प्रवर्द्धन गर्ने उपाय पनि उसले विचार गरिरहेको छ । 

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्