२४ जेठ २०८३, आइतबार

एमालेले फागुन २७ गतेदेखि मेची–महाकाली अभियान पुनः सुचारु गर्ने

कात्तिक २०, २०७४
 एमालेले फागुन २७ गतेदेखि मेची–महाकाली अभियान पुनः सुचारु गर्ने
काठमाडौं फागुन २४ - नेकपा एमालेले तीन दिनका लागि रोएिको मेची–महाकाली अभियान फागुन २७ गतेदेखि पुनः अगाडी बढाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनको आयोजना गरी एमालेले २७ गतेदेखि मेची–महाकाली अभियान पुनः सुचारु ग्र्ने जनाएको हो ।

एमालेले सप्तरी घटनापछि मधेशी मोर्चाका कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेको बताएको छ । एमालेले सप्तरी घटना मधेशी मोर्चाले जिम्मा लिनुपर्ने बताएको हो ।

पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराइले एमालेको कारण सप्तरी घटना भएको भन्ने कुरा गलत भएको बताए । उनले एमालेको गाडीमाथि आक्रमण गरिएपनि आफूहरु संयमित भएको बताए ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल लगायत उपस्थित छन् ।

salt training

कमेन्ट गर्नुहोस्