०१ असार २०८३, सोमबार

वाइडबडी प्रकरणः मन्त्री रवीन्द्र अधिकारीमाथि कारबाही सिफारिस, महाप्रबन्धक कंसाकार मुख्य दोषी

पुस १८, २०७५
वाइडबडी प्रकरणः मन्त्री रवीन्द्र अधिकारीमाथि कारबाही सिफारिस, महाप्रबन्धक कंसाकार मुख्य दोषी

काठमाडौं–नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । 

आजको नयाँ पत्रिका दैनिक लेख्छ–मंगलबार राती ११ बजेसम्म बसेको उपसमिति बैठकले तयार पारेको प्रतिवेदन अनुसार निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरिएको छ । यस्तै पर्यटन मन्त्रालयका बहालवाला सचिवदेखि पूर्वमन्त्री र खरिद प्रक्रियामा संलग्न सचिवहरुलाई कारबाही सिफारिस गरिएको छ । 

महाप्रवन्धक कंसाकारलाई तत्काल निलम्बन गरी हदैसम्मको कारबाही गर्न उपसमितिको सिफारिस छ । उपसमितिले पर्यटन मन्त्रालयका बहालवाला मन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जितेन्द्र नारायण देव र जीवनबहादुर शाहीलाई पनि कारबाही सिफारिस गरेको समाचारमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्