३१ जेठ २०८३, आइतबार

सप्तरीमा एमाले नेतृत्वलाई समाप्त पार्ने दुराशय थियो : रावल

कात्तिक २०, २०७४
सप्तरीमा एमाले नेतृत्वलाई समाप्त पार्ने दुराशय थियो : रावल

काठमाडौं २४ फागुन - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सप्तरीमा नेकपा एमालेको नेतृत्वलाई समाप्त पार्ने दुराशय रहेको आरोप लगाएका छन् ।

एमाले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले एमाले कार्यक्रममा बम समेत फाल्ने मोर्चाको योजनाले एमालेको नेतृत्व समाप्त पार्ने योजना रहेको पुष्टि हुने दावी गरेका हुन ।

‘एमालेको सभालाई तीनतिरबाट घेराउ गर्ने, गाउँ गाउँमा गएर भाला र लठ्ठी ल्याउन लगाउने र बम समेत राख्ने कुरावाट एमाले नेतृत्व पक्तिलाई समाप्त गर्ने दूरासय थियो भन्ने पष्ट हुन्छ’ रावलले भने त्यो कुरालाई नेपाली जनताले समेत थाहा पाउनु पर्छ भनेर यहाँ भनेका हौं ।’

salt training

कमेन्ट गर्नुहोस्