
धादिङ– धादिङबाट विभिन्न समयमा विदेश गएका २३ जना युवाहरू विदेशी भूमिमै बेपत्ता भएका छन् । वर्षौंसम्म उनीहरु घर नर्फिदा परिवारमा चिन्ता थपिएको छ । विदेश गएका युवाहरू २ देखि १६ वर्षभन्दा बढी वर्षदेखि बेपत्ता भएको परिवारजनले बताएका छन् ।
सबैभन्दा बढी मलेसियामा बेपत्ता भएका छन् । १२ जना मलेसियामा, ४ कुवेतमा, २–२ जना साउदी अरब र सिरियामा तथा एक जना जर्जियामा बेपत्ता भएका छन् ।