०५ असार २०८३, शुक्रबार

प्रजिअ र प्रहरी उपरीक्षकलाई निलम्बन गर्न मोर्चाको माग

कात्तिक २०, २०७४
प्रजिअ र प्रहरी उपरीक्षकलाई निलम्बन गर्न मोर्चाको माग
लहान, २४ फागुन –संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई निलम्बन र कारबाही गर्न माग गरेको छ ।

मोर्चाको राजविराजमा बसेको बैठकले घटनाको सत्यतथ्य छानबिन गर्न उच्चस्तरीय समावेशी न्यायिक छानबिन समिति गठन गर्नसमेत आग्रह गरेको छ ।

मोर्चाको बैठकपछि मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवद्वारा जारी विज्ञप्तिमा सोमवार प्रहरीसँगको झडपका क्रममा मृत्यु भएका तीनै जनालाई सहिद घोषणा गरी मृतकका परिवारलाई राहत तथा एकसदस्यलाई सरकारी रोजगारी दिनुपर्ने माग गरिएको छ ।

मोर्चाले परिमार्जनसहित संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नमा जोड दिएको छ । विज्ञप्तिमा सप्तरीमा तीनजनाको मृत्यु हुने गरी भएको घटनामा राष्ट्रिय मानवअधिकार आयोगको ध्यान नपुगेको आरोप पनि लगाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्