०१ असार २०८३, सोमबार

इन्डोनेसियाको पहिरोमा मर्नेको संख्या १५ पुग्यो

इन्डोनेसियाको पहिरोमा मर्नेको संख्या १५ पुग्यो

काठमाडौं — इन्डोनेसियाको पश्चिम जाभा प्रान्तमा भारी वर्षापछि आएको पहिरोमा मर्नेको संख्या बढेर १५ पुगेको छ । 

उद्धारकर्मीहरूले भुइँ खन्दा पूरै घरहरू नै छतसहित पुरिएको भेटे । 

सुकाबुमी जिल्लामा रहेको सिर्नारेस्मी गाउँमा खोजी कार्य बुधवार फेरि शुरू गरिएको छ । खराब मौसमका कारण उद्धार कार्य एक दिन रोकिएको थियो । 

इन्डोनेसियाको विपत व्यवस्थापन निकायका प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले उद्धारकर्मीहरू पहिरोमा पुरिएको विश्वास गरिएका २० गाउँलेको खोजीमा लागेको बताए । सोमवार घाम अस्ताउनुअघि आएको पहिरोमा ३० वटा घर पुरिएका थिए । 

कुल १०१ मानिसलाई असर परेकोमा ६३ जना सुरक्षित रहेको र तीनजना घाइते रहेको नुग्रोहोको भनाइ छ । 

सिर्नारेस्मी गाउँ पहाडी क्षेत्रमा पर्छ र त्यो पहिरोको जोखिममा छ । इन्डोनेसियाको ज्वालामुखी तथा भौगोलिक विपत न्यूनीकरण निकायको एक आँकडाअनुसार, सुकाबुमीमा रहेका ३३ उपजिल्लाहरूमा पहिरोको मध्यमदेखि उच्च
स्तरको जोखिम छन् । 

अल जजीराबाट

salt training

कमेन्ट गर्नुहोस्