१५ असार २०८३, सोमबार

अनुदान कार्यक्रममा किसानको आकर्षण, प्रदेश सरकारले अनुदान दिँदै

अनुदान कार्यक्रममा किसानको आकर्षण, प्रदेश सरकारले अनुदान दिँदै

विराटनगर – १ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अनुदानका कार्यक्रममा गरेको आवेदन आह्वानमा किसानको आकर्षण देखिएको छ ।

मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को बजेट कार्यान्वयनको लागि किसानबाट प्रस्ताव माग गरेको थियो । कात्तिक २७ गते जारी गरिएको ३० दिने सूचनाअनुरुप प्रस्ताव पेश गर्ने किसान उल्लेख्य छन् । 

मन्त्रालयको स्वीकृत बजेट कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन निर्देशिका÷कार्यविधि २०७५ अनुसार किसान समूह, सहकारी तथा फर्मलाई प्रस्ताव दर्ता गर्न सूचना आह्वान गरिएको मन्त्रालयका प्रवक्ता मनोजकुमार यादवले जानकारी दिए । प्रस्तावित अनुदान कार्यक्रम अनुसार साना चिया प्रशोधन केन्द्र स्थापना, कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम, एग्रिमार्ट स्थापनाको लागि सहयोग कार्यक्रम र प्रोटेक्टेड हर्टिकल्चर प्रवद्र्धन कार्यक्रमको लागि प्रस्ताव आह्वान गरिएको छ ।

आह्वान गरिएको प्रस्तावमा जिल्ला तहबाट १ सय ३३ वटा प्रस्ताव पेश भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता यादवका अनुसार एग्रिमार्टमा पाँचथर ईलाम र मोरङको गरी ४ वटा प्रस्ताव परेको छ । 

कोल्ड स्टोरमा उदयपुर, ओखलढुंगा, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापा र ईलामका किसानले १३ वटा प्रस्ताव पेश गरेका छन् । चियाको लागि पाँचथर, ईलाम, धनकुटा र तेह्रथुमले १८ वटा कार्यक्रम माग गरेको यादवले जानकारी दिए । 

कार्यक्रम माग गरिएकोमा एग्रोटुरिज्मको लागि धेरै वटा छन् । ५२ वटा कार्यक्रमको लागि किसानबाट प्रस्ताव पेश भएकोमा ताप्लेजुङ ५, पाँचथर ४, ईलाम ७, झापा २, मोरङ ५, सुनसरी ३, धनकुटा ७, तेह्रथुम २, संखुवासभा ३, भोजपुर २, सोलु ३, खोटाङ १, ओखलढुंगा ४ र उदयपुरमा ४ वटा कार्यक्रम किसानको तर्फबाट माग भएको छ । 

हर्टिकल्चरमा ४९ वटा कार्यक्रम माग गरिएको छ । भोजपुर, ताप्लेजुङ, धनकुटा र तेह्रथुम जिल्लाबाहेक सबै जिल्लाबाट किसानले कार्यक्रम पेश गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्