
काठमाडौं – माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटी अस्पतालबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नेपाल मेडिसिटी अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकले नेपाल मेडिसिटी अस्पतालका सेवामा ७% सम्मको छुट पाउने छन् । बैंकका ग्राहकले बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा छुट पाउन सक्नेछन् । नेपाल मेडिसिटीले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८७ वटा शाखा लगायत ५१ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १ सय ३८ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर १ सय ८ वटा एटीएम सञ्चालनमा रहेको छ ।