०४ असार २०८३, बिहीबार

बिटकोइन नदिए ट्विन टावर आक्रमणको वास्तविकता उजागर गरिदिने ह्याकर समूहको धम्की

बिटकोइन नदिए ट्विन टावर आक्रमणको वास्तविकता उजागर गरिदिने ह्याकर समूहको धम्की

काठमाडौं — द डार्क ओभरलर्ड नामक ह्याकर समूहले बीमा कम्पनी र सरकारी निकायबाट चोरेको गोप्य दस्तावेज लीक गरिदिने धम्की दिएको छ । आफूहरूलाई बिटकोइन पैसा नदिएमा सेप्टेम्बर ११ को वास्तविकता खोलिदिने उनीहरूको भनाइ छ । 

द डार्क ओभरलर्ड व्यावसायिक जोखिम समूह हो र उसले नेटफ्लिक्स, प्लास्टिक सर्जरी क्लिनिक तथा अन्य संवेदनशील टार्गेटमा ह्याक गरिसकेको छ । उसले सोमवार पेस्टबिन नामक वेबसाइटमा सेप्टेम्बर ११ को मुद्दासम्बन्धी १०
जीबीको दस्तावेजको साँचो रिलिज गरिदिने धम्की दिएको छ ।

यी दस्तावेजले अमेरिकी इतिहासकै सबभन्दा कुख्यात घटनामध्ये एकमा वास्तवमै के भएको थियो भनी बताउने समूहको दाबी छ । 

उनीहरूले १८ हजारवटा दस्तावेज लीक गरिदिएर सेप्टेम्बर ११ को षड्यन्त्रका बारेमा उजागर गर्ने बताए । पत्र, इमेल र ल फर्महरूको उल्लेख गर्ने विविध दस्तावेज सहितको टीजर उनीहरूले प्रकाशित गरेका छन् । 

उनीहरूले विश्वव्यापी बीमा गर्ने संस्थाहरू लन्डनको लोयड्स र हिस्कक्स अनि वर्ल्ड ट्रेड सेन्टरको मालिक रहेको सिल्भरस्टाइन प्रोपर्टीजबाट दस्तावेज ह्याक गरेको दाबी गरे । 

दस्तावेजमा गोप्य सरकारी दस्तावेज समेत परेका छन् । त्यसलाई नष्ट गरिनुपर्ने थियो तर लिगल फर्मले त्यसलाई राखे । ती दस्तावेजले रहस्यमा लुकेको अनि एकदमै कम पारदर्शिता भएको आधुनिक इतिहासको सबभन्दा चर्चित
घटनाको तथ्य उजागर गर्ने बताइएको छ । 

दस्तावेजमा नाम भएका व्यक्तिले आफ्नो नाम लुकाउनका लागि पैसा तिर्नुपर्ने ह्याकरहरूको घोषणा छ । पैसा तिर्ने भए आतंकवादी संगठन र अमेरिकाका शत्रुहरूलाई यो दस्तावेज दिने ह्याकरको भनाइ छ । बिटकोइनमा पैसा नतिरे
बीमकहरूलाई दस्तावेजले डुबाइदिने धम्की दिइएको छ । 

आरटीबाट
 

salt training

कमेन्ट गर्नुहोस्