१६ असार २०८३, मंगलबार

कामदारका लागि जापान नखुल्दै सुरु भयो यस्तो धन्दा !

कामदारका लागि जापान नखुल्दै सुरु भयो यस्तो धन्दा !

काठमाडौं– जापानमा वैदेशिक रोजगारका लागि कामदार पठाउनेबारे कुनै निर्णय नभएपनि श्रम अनुमति खुलेको भन्दै विज्ञापन प्रकाशित हुन थालेपछि वैदेशिक रोजगार विभागले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 

विभागका निर्देशक भोलानाथ गुरागाईँले बुधबार एक विज्ञप्ति जारी गर्दै व्यक्ति, कम्पनी तथा वैदेशिक रोजगार सञ्चालनको लागि इजाजत प्राप्त संस्था समेतले जापानका लागि कामदार पठाउने र श्रम अनुमति समेत खुलेको पाइएको भन्दै विज्ञापन गरेको पाइएकाले त्यसखालको भ्रममा नपर्न सबैलाई अनुरोध गरेका छन् । 

कामदार पठाउने निर्णयको पारदर्शिता हुने भन्दै विभागले जापान पठाउने भनि भइरहेका क्रियाकलाप गैरकानुनी भएकाले यस्ता गतिविधि नगर्न नगराउन सचेत गराएको छ । 

विभागले गैरकानुनी तबरले व्यक्ति, कम्पनी तथा संस्थाहरुले यस्ता कामलाई जारी राखे कानून अनुसार कारबाही गर्ने पनि स्पष्ट पारेको छ । 

salt training

कमेन्ट गर्नुहोस्