१२ असार २०८३, शुक्रबार

हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार, २० वर्ष नपुग्दै आमा

पुस १९, २०७५
हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार, २० वर्ष नपुग्दै आमा

सोलुखुम्बु– सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नं ३ की डोमा राईको आज हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

लामो समयदेखि प्र्रसव बेथा लागेकी राईलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगेको छ । डोमाले शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी छोरालाई जन्म दिनुभएको छिमेकी एवं युवा सङ्घ नेपालका केन्द्रीय सदस्य भद्रगोल किराँतीले जानकारी दिए । 

उनका अनुसार गर्भवती महिलालाई बिहान ११ बजे उद्धार गरिएको हो । दुई दिनसम्म प्रसव बेथा लगेर प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डाक्टरले सुत्केरी गराउन गरिएको प्रयास सफल नभएपछि पठाइएको बताइएको छ । 

गत मङ्सिर २० गते सोताङ गाउँपालिका तीनकै गर्भवती महिला पार्वती बस्नेतकोसमेत उद्धार गरिएको थियो । घरआँगन नामक संस्थाका अध्यक्ष दीपक सिलवालका अनुसार विभिन्न जिल्लाका सात जना गर्भवती महिलालाई उद्धार गरिसकिएको छ । 

एक्काइस प्रतिशत महिला बीस वर्षभन्दा कम उमेरमै आमा 

सोलुखुम्बुमा आर्थिक वर्ष २०७४÷२०७५ जिल्ला अस्पतालमा आएर आमा बन्ने महिलामध्ये करीब २१ प्रतिशत २० वर्षभन्दा कम उमेरमा आमा बन्ने गरेका छन् । 

सोलुखुम्बु जिल्ला अस्पतालको प्रसूतिगृहमा प्रसूति गराउन आएका महिलामध्ये २१ प्रतिशत २० वर्ष नपुगेरै आमा बन्ने गरेको चिकित्सकको भनाइ छ । २०२ जना आमामध्ये ६१ महिलाले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माएका छन् । जम्मा ३०२ जनामध्ये ४१ जनाको शल्यक्रिया गरेर बच्चा जन्माएका र बाँकी २६३ जनाको सामान्य तरिकाबाट बच्चा जन्माएको जिल्ला अस्पताल फाप्लुका सूचना अधिकारी सानी शेर्पाले बताबताइन् । 

salt training

कमेन्ट गर्नुहोस्