०१ असार २०८३, सोमबार

देव गुरुङलाई देख्नासाथ रेशम चौधरीले भने– हामी त सँगै थियौँ नि !

पुस २०, २०७५
देव गुरुङलाई देख्नासाथ रेशम चौधरीले भने– हामी त सँगै थियौँ नि !

 काठमाडौं । कैलाली–१ बाट निर्वाचित सांसद् रेशमलाल चौधरी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङबीच संसदमै जम्काभेट भयो ।

शपथपछि माला र खादा लगाएका चौधरीले गुरुङतिर फर्केर भने–‘धेरै दिनपछि भेट भयो है । हामी त धनगढी कार्यक्रममा पनि सँगै थियौं, दाइअघि आउनुभयो म पछि आएँ ।’

राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादबबाहेक संयोजक र ४ सदस्यको पनि त्यहाँ उपस्थिति थियो । चौधरीले आफूलाई झुटा अभियोग लगाइएको दावी गर्दै आफूले बैमनश्यता र द्धन्द्ध नचाहेको जीकिर गरे । 
सांसद भएर पनि फेरि कारागार नै जानुपर्दा उनले राम्रो महसूस गरेनन् । आफ्नो विषय संसदको गरिमासँग जोडिएको बताए । 

चौधरीले आफू ३ वर्ष प्रवास बसेर आएको र जनताले पत्याएर जिताएकाले न्याय पाउने आशा गरे । २०७२ भदौ ७ गते टिकापुरमा भएको घटनाका प्रमुख दोषी भएको आरोपमा उनी जेल परेका हुन् । आजका
 नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्