२९ जेठ २०८३, शुक्रबार

९ घण्टापछि सतुङ्गलको उद्योगमा भएको आगलागी नियन्त्रणमा

९ घण्टापछि सतुङ्गलको उद्योगमा भएको आगलागी नियन्त्रणमा

काठमाडौँ– चन्द्रागिरि नगरपालिका–१६ स्थित सतुङ्गलमा भएको आगलागी ९ घण्टापछि नियन्त्रणमा आएको छ । 
 बिहीबार साँझ ७ बजेदेखि लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा  आएको छ ।  नेपाली, सेना, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । 

दीपक कपास उद्योगबाट शुरु भएको आगो नजिकैकै आनन्द ट्रेड कन्सर्नमा पनि सल्किएपछि त्यहाँ भएको रसायनका कारण आगोले ठूलो रूप लिएको थियो । 

थानकोटस्थित महानगरी प्रहरी वृत्तका प्रमुख कुमारविक्रम थापाले उक्त आगलागीबाट मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिए । 
 काठमाडौँ उपत्यकाका दमकलका साथै खानेपानीका ट्याङ्करसमेत आगो नियन्त्रणका लागि प्रयोग गरिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्