
काठमाडौं – ग्लोबल आईएमई बैंक नेप्सेको अनलाइन शेयर कारोबार प्रणालीमा आवद्घ भएको छ ।
प्रणालीमार्फत् बैंकका ग्राहकले स्वचालित प्रणालीबाट अनलाइन शेयर कारोबार गरी शेयर खरिद बिक्रीबापतको रकम रकमान्तर तथा राफसाफ गर्न सक्नेछन् ।
यसै सम्बन्धमा बैंकले लगानीकर्तालाई अझ बढी सुविधा प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल शेयर लगानी बचत खाता’ सञ्चालनमा ल्याएको हो । यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाईन प्रणालीबाट शेयर कारोबार गर्न तथा शेयर खरिद बिक्री बापतको रकम राफसाफ गर्न सकिने छ ।
उच्चतम ब्यादर पाइने यस बचत खातामा निशुल्क भाईवर र मोबाइल बैंकिङ, पहिलो वर्ष निःशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड उपलब्ध हुने छ । यसका साथै आईपीओ र एफपीओबारे जानकारी लिन मिल्ने एवं आस्बा सुविधा, इन्टरनेट बैंकिङ र चेकबुक निःशुल्क पाइने छ । यसबाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिङ्गमा ५० प्रतिशत छुट पनि पाइने छ ।
यसअघि बैंकमा खाता भएका ग्राहकले समेत इन्टरनेट बैंकिङ सेवा लिई अनलाइन शेयर कारोबार गर्न पाउनेछन् ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १२ वर्षअघि स्थापना भएको ग्लोबल आईएमई बैंकले १ सय ३३ शाखा, १ सय ४१ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र १ सय १५ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् आफ्ना ९ लाख ५० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।