०५ साउन २०८३, मंगलबार

एनआईसी एसिया बैंक लिमिटेडकोे थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

एनआईसी एसिया बैंक लिमिटेडकोे थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं – शहरी तथा ग्रामीण जिल्लामा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे एनआईसी एशिया बैंक लिमिटेडले थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

यूके एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लाको महाकाली नगरपालिका–७ धाप र महाकाली नगरपालिका–९ दत्तुमा आपm्नो २१ औं र २२ औं शाखारहित बैंकिङ सेवा पुस १७ र १८ गतेबाट सञ्चालनमा ल्याएको छ ।

बैंकले महाकाली नगरपालिका–७ धापमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले गरे । शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा शेरसिंह रैखोलालाई नियुक्त गरेको छ ।

बैंकले महाकाली नगरपालिका–९ दत्तुमा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन महाकाली नगरपालिका–९ का वडाध्यक्ष हरसिंह डाँगाले गरे । शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा कृष्णसिंह चौैसिरलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट विभिन्न ग्रामीण क्षेत्रका स्थानीय वासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयलाई लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रमा समेत वित्तीय सवलीकरण भई बैंकिङ कारोबारको विस्तार हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडीएसएल, डीश होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्नेजस्ता कार्य गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४६ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा, एटीएम विस्तारित काउण्टर, शाखा रहित बैंक सेवा लगायतका मार्फत आफ्नो उपस्थिती थप मजबुत बनाउने योजना अगाडि सारेको छ ।

सक्षम यूके एडद्वारा सञ्चालित एक्सेस टू फाइनान्स कार्यक्रममा आधारित डीएफआइडी नेपालको लुईस बर्जरको कार्यक्रम हो । यसले नेपालका विभिन्न स्थानीय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु सँगको साझेदारीमा नेपालमा  वित्तीय पंहुच तथा सवलकिरणको लागि कार्य गर्दै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्