२७ जेठ २०८३, बुधबार

नेकपा नेताको प्रष्टिकरण– लेखा समितिको प्रतिवेदनपछि आयोग बन्नु संयोग मात्र !

नेकपा नेताको प्रष्टिकरण– लेखा समितिको प्रतिवेदनपछि आयोग बन्नु संयोग मात्र !

काठमाडौं– नेपाल वायुसेवा निगमको वाइडवडी विमान खरिदमा भएको भनिएको अनियमितता बारे छानविन गर्न सरकारले आयोग गठन गर्नु र संसदीय उसमितिको प्रतिवेदन सार्वजनिक हुनु संयोग मात्र भएको नेकपाका नेताले बताएका छन् । 

लेखा समितिको शुक्रवार बसेको बैठकमा नेकपा स्थायी समिति सदस्य समेत रहेका समिति सदस्य लेखराज भट्टले उपसमितिको प्रतिवेदन आइसकेपछि सरकारले छानविन आयोग गठन गर्नु संयोग मात्र भएको बताएका हुन् । 

‘सदनमा प्रमुख प्रतिपक्षी दलका नेताले वाइडवडी भ्रष्टाचारको कुरा उठाइसकेपछि नेकपा स्थायी समिति बैठकमा प्रधामनन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले छानविन आयोग गठन गर्ने कुरा गर्नु भएको थियो’ भट्टले समिति बैठकमा भने, ‘उपसमितिको प्रतिवेदन आएपछि आयोग बनाएको हो कि भन्ने प्रश्न उठला कि भनेर यो प्रष्टिकरण दिएको हुँ ।’

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले उपसमितिको प्रतिवेदन आएलगत्तै सरकारले छानविन आयोग गठन गरेपनि लेखा समितिले आफ्नो काम रोक्न नहुने बताएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्