२३ असार २०८३, मंगलबार

भोजपुर–काठमाडौँ अब सातै दिन उडान हुने

भोजपुर–काठमाडौँ अब सातै दिन उडान हुने
सा‌ंकेतिक तस्बिर

भोजपुर– भोजपुर –काठमाडौँ उडान थप गरिएको छ । 

यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । यसअघि हप्तामा ६ दिनमात्र भोजपुर–काठमाडाैं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार शनिवारबाट उडान हुने कार्यालयले जनाएको छ । 

त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु हुने भएको छ । आइतवार र बिहीवार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्