काठमाडौं, २५ फागुन– नेपाल वायुसेवा निगममा यतिबेला पाइलट र इन्जिनियरको चर्को अभाव छ । यो विगतदेखिकै समस्या पनि हो । गत महिना काठमाडौं ल्याइएका दुई थान चिनियाँ जहाज उडान गर्न निगमसँग तीन जना पाइलट मात्रै छन् । यता अन्तराष्ट्रिय उडान गरिरहेका तीन थान ठूला जहाजमा पनि पाइलटकै अभाव छ ।
आजको कारोबारमा खबर छ– निगमकोमा भन्दा निजी कम्पनीको आकर्षक तलव तथा सुविधा हुने भएकाले निगमबाट धेरै पाइलटहरु बाहिरिने गरेका छन् । निगमले केहि समयअगाडि पाइलट तथा इन्जिनियरको भत्ता बढाउने प्रस्ताव फिर्ता गर्दै फेरि गत साता निगमको तालुक निकाय संस्कृति नागरिक तथा उड्ययन मन्त्रालयमा पठाइदिएको छ ।