
सुर्खेत–शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रवार गुर्भाकोट नगरपालिका वडा नं.–४स्थित मानव अधिकार क्षेत्रमा काम गर्दै आएको ईन्सेक कर्णाली प्रदेश कार्यालयको आयोजनामा उक्त सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
सरोकारवाला निकाय सेवा प्रवाह र सेवा ग्राहीविच सेवा प्रवाहलाई चुस्तदुरुस्त तथा पारदर्शि र प्रभावकारी बनाउने उद्देश्यले सो कार्यक्रम गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका प्रमुख नारायण सुवेदीले जानकारी दिए ।
सेवा प्रवाह निकायको तर्फबाट गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, स्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाह, गुर्भाकोट नगर शिक्षा शाखाका सुरेन्द्र भण्डारी र स्वाथ्य शाखाका किरण ओली जवाफदेही बक्ताका रुपमा रहेका थिए ।
\जवाफदेही बक्ताहरुले कार्यालयबाट सेवा प्रवाहको विषयमा जानकारी दिएपछि आमनागरिकले पश्न र जिज्ञासा राखेका थिए त्यस लगत्तै जवाफ दिएका दिए ।
स्थानीय नागरिक सरकारी सेवा प्रवाहमा निकै सुस्तता र जानकारी नभएको गुनासो गरेका छन् । नगरपालिकाबाटै प्रवाह गरिने सेवा अझै आम सर्वसाधारणलाई जानकारी नभएको बताएका छन् । आमसर्वसाधारण नागरिकले सरकारी सेवा अन्तरगतका कृषि, स्वास्थ्य, शिक्षा लगाएतका सेवा प्रभावकारीता नभएको गुनासो गरेका छन् ।
उक्त गुनासोको जवाफ दिदैँ जवाफदेही बक्ताले आफ्नो कार्यालयबाट सकेसम्म सेवालाई आमनागरिकको पहुँचमा सहज र सरल तरिकाले पु¥याउने प्रयास गरेको बताएका थिए ।
कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार शेरबहादुर थापाले गरेका थिए ।