२३ असार २०८३, मंगलबार

सप्तरी घटनामा के भने राष्ट्रसंघ र अमेरिकाले ?

कात्तिक २०, २०७४
सप्तरी घटनामा के  भने राष्ट्रसंघ र अमेरिकाले ?
काठमाडौं, २५ फागुन – काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालय तथा अमेरिकी दूतावासले सप्तरीको राजविराजमा सोमबार तीन जनाको मृत्यु तथा दर्जानौं घाइते भएको घटनापछि गहिरो चिन्ता व्यक्त गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।dead_2

‘स्थानीय चुनावको मुखैमा तनाव बढेकोप्रति हामी चिन्तित छौं’, राष्ट्रसंघीय कार्यालयले विज्ञप्तिमा भनेको छ । ‘भिडन्तमा भएका मृत्यु र घाइतेप्रति हामी चिन्तित छौं ।’ अभिव्यक्ति स्वतन्त्रता तथा भेला हुन पाउने कुरामा हिंसाको कुनै स्थान नरहेको उसले जनाएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सप्तरी घटनाप्रति चिन्ता व्यक्त गर्दै ‘प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रुपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अंग हो । तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन’, वक्तव्यमा भनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्