०६ असार २०८३, शनिबार

‘मैले ककपिटबाटै बाहिर नजर घुमाएँ, त्यहाँ लासहरू छरिएका थिए’

‘मैले ककपिटबाटै बाहिर नजर घुमाएँ, त्यहाँ लासहरू छरिएका थिए’

काठमाडौँ– क्याप्टेन रामेश्वर थापाको संस्मरणत्मक कृति ‘बारुदमाथि उड्दा’ शनिबारदेखि बजारमा आएको छ । 

बुक–हिल पब्लिकेसनले छापेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले संयुक्त रुपमा आज बिमोचन गरे । 

तत्कालिन माओवादी ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन थापाले युद्धस्थलका ताजा घटना, छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमंगिएको बखतका उद्धारको वर्णन पुस्तकमा गरेका छन् । 

रामेछापको बेथान, सिन्धुलीको भिमाद, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले आक्रमणलगायत ४० भन्दा बढी स्थानका घटनाको तात्कालिन अवस्था र उद्धारको रोचक वर्णन उक्त पुस्तकमा छ । 

“ककपिटबाट बाहिर ओर्लिने अवस्था थिएन, फोर्स र एम्युनिसन झारेर, घाइतेलाई हेलिकप्टरमा राख्दै गर्दा मैले ककपिटबाटै बाहिर नजर घुमाएँ, त्यहाँ लासहरू छरिएका थिए, हृदयविदारक अवस्था थियो, केही घाइते सुरक्षाकर्मी बोकेर म पुनः मुसिकोट एयरपोर्ट फर्किएँ ।” खारामा गरेको जोखिमपूर्ण हेलिकप्टर अवतरण र त्यहाँको दृश्य वर्णन गर्दै पुस्तकमा लेखिएको छ । 

पत्रकार राजाराम गौतमले सो पुस्तक सम्पादन गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्