२७ जेठ २०८३, बुधबार

ज्येष्ठ नागरिकले बनाएको चौतारीमा निःशुल्क वाईफाई

कात्तिक २०, २०७४
ज्येष्ठ नागरिकले बनाएको चौतारीमा निःशुल्क वाईफाई
झापा, २५ फागुन - अनुभव बाँड्दै भलाकुसारी गर्ने उद्देश्यले झापा शनिअर्जुनका ज्येष्ठ नागरिकले प्रविधि र सुविधायुक्त सार्वजनिक चौतारी निर्माण गरेका छन् ।wifi

शनिअर्जुन–१ शनिश्चरे बजारमा करिब रु पाँच लाखको लागतमा निर्माण भएको चौतारीमा बसेर भलाकुसारी गर्नका लागि २८ जना अटाउन सकिने आरामदायी फलामे फलँैचा निर्माण गरिएको छ । ज्येष्ठ नागरिकले दर्ता गरेको सामुदायिक मिलन केन्द्र नामक संस्थाले बिहान ४ देखि राति १० बजेसम्म चौतारीमा निःशुल्क इन्टरनेट (वाईफाई) र पत्रपत्रिका पढ्ने व्यवस्था मिलाएको केन्द्रका अध्यक्ष रामप्रसाद भट्टराई बताउनुहुन्छ ।

स्थानीय ज्येष्ठ नागरिकले चौतारो निर्माणका लागि आफ्नै पहलमा रु दुई लाख सङ्कलन गरेपछि शनिअर्जुन नगरपालिकाले अन्य रकम उपलब्ध गराएको थियो । ज्येष्ठ नागरिकको रचनात्मक सक्रियता देखेर सहारा नेपाल नाम गैरसरकारी संस्थाले केन्द्रको भवन बनाइदिने घोषणा गरेको छ । छतिउनको तीनवटा ठूलो रूखको फेदमा पक्की संरचना बनाएर त्यसमाथि फलामे फलैँचा राखिएका छन् ।

फलैँचामा भेला भएर ज्येष्ठ नागरिक मोबाइलमा फेसबुक, ट्विटर र स्काइप चलाउने गर्छन् । घरमा खाना खाएर वरपरका अधिकांश वृद्ध दिनभर चौतारीमा भेला हुने र आफ्ना अनुभव आदानप्रदान तथा विदेशमा भएका आफ्ना छोराछोरी र नातिनातिनासँग भिडियो च्याटमा रमाउने गरेको शनिअर्जुन नगर विकास समितिका अध्यक्ष कुमार भट्टराई बताउनुहुन्छ ।

झापाको शनिश्चरे सयौँ वर्ष पुरानो बस्ती हो । यहाँका ज्येष्ठ नागरिक पढेलेखेका छन् । चौतारीमा नियमित आउनेमा पूर्ववनमन्त्री वीरमणि ढकाल, झापा जिविसका पूर्वसभापति कृष्णप्रसाद मिश्रलगायत हुनुहुन्छ । चौतारीबाट दुईसय मिटरको दूरीमा प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम रहेको छ । ज्येष्ठ नागरिकसँग भएका अनुभव साटासाट गर्ने र आफ्नो क्षेत्रको सामाजिक विकासमा योगदान पु¥याउने लक्ष्यले ज्येष्ठ नागरिकले सङ्गठित प्रयास गरिरहेको पूर्वमन्त्री ढकाल बताउनुहुन्छ ।

निःशुल्क इन्टरनेट सुविधाका लागि खर्च जुटाउन ज्येष्ठ नागरिकले चौतारीमा खुत्रुके राखेका छन् । वाईफाई चलाउने व्यक्तिले स्वेच्छाले खुत्रुकेमा सहयोग रकम जम्मा गरिदिँदै आएका छन् ।

ज्येष्ठ नागरिकका लागि बनाइएको भनिएपनि निःशुल्क वाईफाई सुविधा उपयोग गर्न तन्नेरी पुस्ताको समेत चौतारीमा भीड लाग्ने गरेको छ । पुरानो र नयाँ पुस्ताबीच भलाकुसारी गर्नका लागि चौतारी गजबको प्लेटफर्म बनेको शनिअर्जुन प्रेस क्लबका अध्यक्ष दिपीन राई बताउनुहुन्छ । रासस

salt training

कमेन्ट गर्नुहोस्