
काठमाडौं– सरकारले पुनः साक्षरता कक्षा शुरु गर्ने भएको छ । यसका लागि मन्त्रिपरिषद्ले ‘साक्षर नेपाल वर्ष २०७६’ को अवधारणा स्वीकृत गरको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै सर्वसाधारणलाई कम्तीमा हस्ताक्षर गर्न सक्ने बनाउन प्राथमिकता दिइएको जनाए । लेखपढ गर्न नसक्नेहरूका लागि साक्षरता कक्षा र नवसाक्षरहरूका लागि निरन्तर शिक्षा कार्यक्रम शुरु गर्ने शिक्षा मन्त्रालयले पेस गरको अवधारणापत्रमा उल्लेख छ । स्थानीय तहहरूलाई पनि साक्षर घोषणा गर्ने सरकारी लक्ष्य छ ।, कान्तिपुरमा खबर छ ।