०१ असार २०८३, सोमबार

सेनाका राहदानीवाहक घोडा, हाडनातामा ‘नो ब्रिडिङ’

पुस २२, २०७५
सेनाका राहदानीवाहक घोडा, हाडनातामा ‘नो ब्रिडिङ’

 भरतपुर।  नेपालमा घोडा उत्पादन गर्ने उद्देश्यले सरकारी निकायबाटै खोलिएको एक मात्रै उत्पादन केन्द्र चितवनको भरतपुरमा छ ।
 ‘सैनिक इक्वाइन ब्रिडिङ सेन्टर’ नामको सो केन्द्रमा हाल स्वदेशी तथा विदेशी गरी ७३ वटा घोडा छन् ।
प्रत्येक घोडाका आआफ्नै नाम छन् भने आफ्नै इतिहास छ । विदेशबाट ल्याइएका घोडाको राहदानीसमेत छ । उनीहरूको तीनपुस्ते विवरण, जन्ममिति, बेलाबखत लगाइएका खोपलगायतको विवरणसमेत राखिएको छ ।
यहाँ उत्पादन गरिने घोडामा ब्रिडिङ गराउँदा नै हाडनाताको समेत ख्याल गर्ने गरिएको छ । एउटा घोडाको ‘ब्रिड’ अर्को घोडासँग उत्पादनका लागि मेल गराउँदा उसको बीउ ९ब्रिड० को प्रोफाइल हेर्ने गरिएको हो । 
जसका कारण उनीहरूको हाडनाताभित्रको बीउ घोडा उत्पादनमा प्रयोग हुँदैन ।  उत्पादन केन्द्रको प्रमुखको जिम्मेवारी सम्हालिरहेका नेपाली सेनाका प्राविधिक सेनानी डा। एमपी शाहले प्रत्येक घोडाको हाडनाताको सम्बन्ध छुट्याइएको र एकै हाडनाताभित्र पर्ने घोडाको ब्रिडको प्रोफाइल हेरेर उत्पादनमा प्रयोग गर्ने गरिएको जनाए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्