१५ असार २०८३, सोमबार

चुनाव फिर्ता नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

कात्तिक २०, २०७४
चुनाव फिर्ता नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने  मोर्चाको चेतावनी
काठमाडौं २५ फागुन–आगामी बर्षको बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन स्थगित गर्नुपर्ने तथा परिमार्जन सहित संविधान संशोधन विधेयक पारित गर्नुपर्ने लगायत पाँच बुुदेँ माग राख्दै एक हप्तामा पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।
बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटगरी मोर्चाका नेताहरुले पाँचबुदें माग तोकिएको अवधिभित्र पूर्णरुपमा कार्यान्वयन नगरेको खण्डमा सरकारलाई दिँदै आएको समर्थन स्वतः नरहने समेत जानकारी गराइएको मोर्चाका नेताहरुले जनाएका छन् । प्रधानमन्त्रीलाई भेटन तमलोपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

‘संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एवं संघीय गठबन्धनसँग नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच भएको तीनबुँदे सम्झौतालाई कार्यान्वयन गर्न कै लागि हाम्रो समर्थनमा तपाईको नेतृत्वमा सरकारको गठन भएको हो’ मोर्चाको ज्ञापन पत्रमा भनिएको छ, ‘तर, आजसम्म मोर्चा र गठबन्धनले उठाएका मुद्दाहरुलाई सरकारले सम्बोधन गर्नुको सट्टा संघीयता, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय पहिचानको मान्यता लगायतका सवालहरुलाई नै धरापमा पार्ने गरी स्थानीय तहको निर्वाचनको घोषणा गरी परिस्थितिलाई झन् गम्भीर बनाउने कार्य गरेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्