१६ असार २०८३, मंगलबार

कांग्रेसका सबै सांसद उठ्दा गच्छदार र प्रकाशमान किन बसिरहे ?

कांग्रेसका सबै सांसद उठ्दा गच्छदार र प्रकाशमान किन बसिरहे ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार संसदमा सम्वोधन गरेपछि प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनु पर्ने भन्दै कांग्रेस सांसदहरु हंगामा गरे ।

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीको आइतवारको सम्वोधन प्रश्नोत्तर नभएको प्रष्टिकरण दिएपनि कांग्रेस सांसदहरुले उभिएर विरोध जारी राखे ।

सभामुख र कांग्रेस सांसदहरुबीच सवाल जवाफ चल्यो । ‘प्रश्नोत्तर कार्यक्रम नभएकोले नियमावली अनुसार मिल्दैन’ भन्ने सभामुख महराको भनाइ थियो । कांग्रेस सांसदहरुले चाहिँ ‘प्रधानमन्त्रीले सभालाई ढाटेका कारण सभाको गरिमा राख्न’ भन्दै प्रश्न गर्न पाउनु पर्ने जिकीर गरे । 

सदनमा सभामुख–प्रतिपक्षी दलबीच सवाल जवाफ चलिरहेको समयमा कांग्रेसका सांसदहरु प्राय सबै उभिएका थिए । तर पहिलो ‘रो’मा बसेका उपसभापति विजयकुमार गच्छदार  र नेता प्रकाशमान सिंह भने उठेनन् । उनीहरुसँगै बसेकी कांग्रेस कोषाध्यक्ष सांसद सीतादेवी यादव उठेपनि नेता द्वय बसिरहे ।   

सांसदहरु मिनेन्द्र रिजाल, गगन थापा लगायत उभिएर चर्को स्वरमा कराइरहदा कांग्रेस उपसभापतिसमेत रहेका गच्छादार  र नेता प्रकाशमान चुपचाप बसिरहे ।

कांग्रेस सांसदहरुको विरोधका कारण आइतवार संसदको पहिलो बैठक अबरुद्ध भयो । १५ मिनेटपछि बोलाइएको दोस्रो बैठक सूचना मार्फत २५ गते सम्मका लागि स्थगित गरियो । 

आइतवार प्रधानमन्त्रीको सम्वोधन प्रश्नोत्तर कार्यक्रम नभएका कारण प्रश्न गर्न नमिल्ने भन्ने सभामुखको भनाइसँग सहमत भएर गच्छदार नउठेको कांग्रेसकै एक सांसदको तर्क छ । 

२०४८ सालदेखि लगातार संसदमा रहेका गच्छदारले संसदीय मूल्य मान्यता र पद्धतीवारे जानकार मानिन्छन् । तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार कांग्रेससंग पार्टी एकीकरण गरेपछि अहिले कांग्रेसको उपसभापति बनेका छन् । 

सभामुखले हुकुमी शैलीले संसद चलाउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने मागगर्दै कांग्रेसले अबरोध गर्ने चेतावनी दिएपछि संसदको बैठक सूचना मार्फत स्थगित गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्