२५ जेठ २०८३, सोमबार

आफ्नो विद्यार्थीलाई बाँदर भन्दै फेसबूक पोस्ट गर्ने शिक्षिकालाई पठाइयो छुट्टीमा

आफ्नो विद्यार्थीलाई बाँदर भन्दै फेसबूक पोस्ट गर्ने शिक्षिकालाई पठाइयो छुट्टीमा

काठमाडौं — अमेरिकाको एक प्राथमिक विद्यालयकी शिक्षिकाले फेसबूक पोस्टमा आफ्ना विद्यार्थीहरूमाथि गरेको टिप्पणी महंगो साबित भएको छ । 

शिक्षिकाले फेसबूक पोस्टमा विद्यार्थीहरूको तुलना बाँदरसँग गरिदिइन् ।

त्यसपछि विद्यालयले उनलाई सजाय दिँदै सशुल्क प्रशासिनक छुट्टीमा पठाइदियो । 

एक रिपोर्टअनुसार, जाडोको छुट्टीपछि विद्यालय शुरू भएपछि वाटसन एलेमेन्टरी स्कूलकी शिक्षिकाले फेसबूकमा लेखे, ‘मेरो चिडियाखानका बाँदरहरू आज फर्किए । म थाकिसकें । बाँदरहरूलाई फेरि प्रशिक्षित गर्न मुश्किल छ ।’ 

उनले पछि त्यो पोस्ट डिलिट गरिन् । 

आर्कान्सासमा लिटल रक जिल्लाकी प्रवक्ता पामेला स्मिथले पोस्टकै कारण शिक्षिकालाई छुट्टीमा पठाउनुपरेको पुष्टि गरिन् । 

घटनाको अनुसन्धान चलिरहेको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्