०४ असार २०८३, बिहीबार

अन्तरिक्षयात्रीले गरे एक भूल, मच्चियो हंगामा

अन्तरिक्षयात्रीले गरे एक भूल, मच्चियो हंगामा

काठमाडौं — अमेरिकी अन्तरिक्ष निकाय नासाको ह्युस्टन बेसमा एक अन्तरिक्ष यात्रीको भूलका कारण हंगामा मच्चियो । 

गडबडी नासाको जोनसोन अन्तरिक्ष स्टेसनमा भयो । अन्तरिक्ष यात्रीले भूलवश इमर्जेन्सी नम्बर डायल गर्दा अलार्म बेल बजेपछि इन्टरनेसनल स्पेस स्टेसनमा रहेको पूरा टोली नै अनुसन्धानमा खटियो । 

नेदरल्यान्ड्सका अन्तरिक्षयात्री आन्द्रे कुइपरले हालै यो घटनाको खुलासा गरेका हुन् । 

अन्तरिक्षबाट उपग्रहमार्फत फोन गर्नकालागि विशेष कोड प्रयोग गर्नुपर्छ । फोन नम्बरको पहिलो संख्या ९ र त्यसपछि ०११ थिचेर मात्र अन्तरिक्षयात्रीले फोन गर्न सक्छन् । 

तर गुरुत्वाकर्षणको अनुपस्थितिमा आन्द्रेले डायल गर्दा जिरो थिचिएन र ९०११ को साटो ९११ मा फोन लाग्यो । 

९११ अमेरिकाको इमर्जेन्सी नम्बर हो । आन्द्रेको फोनपछि नासामा हंगामा मच्चियो । इन्टरनेसनल स्पेस स्टेसनमा खराबी आएछ कि क्या हो जसले गर्दा अन्तरिक्ष यात्रीले इमर्जेन्सी नम्बरमा फोन गरे भन्ने अनुमान लगाइयो । 

त्यसपछि आईएसएसमा उपस्थित एक टीमलाई तत्कालै अनुसन्धानमा खटाइयो । कुनै खराबी नभेटिएपछि कुइपरलाई जानकारी दिनू भन्दै इमेल पठाइयो । 

कुइपरका अनुसार, आईएसएसले पृथ्वीमा हानिएको ७० प्रतिशत कल मात्र सफल हुन्छन् । 

यसअघि सन् २०१५ मा बेलायती अन्तरिक्षयात्री टिम पीकले पनि आईएसएसबाट गलत फोन लाग्ने विषयमा बताएका थिए । उनले गरेको फोन एक महिलाले उठाएकी थिइन् । त्यसपछि उनले ट्वीट गरेर माफी मागे ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्