२३ असार २०८३, मंगलबार

रेशम चौधरी थुनामै बस्नुपर्ने, सर्वोच्चद्वारा तल्लो अदालतको आदेश सदर

रेशम चौधरी थुनामै बस्नुपर्ने, सर्वोच्चद्वारा तल्लो अदालतको आदेश सदर

काठमाडौं– टीकापुर घटनाको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । 

चौधरीलाई कैलाली जिल्ला अदालतले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध चौधरी उच्च अदालत दिपायल गएका थिए । दिपायलले पनि कैलाली जिल्ला अदालतकै आदेश सदर गरेपछि ०५ असार २०७५ मा चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

सर्वोच्चले पनि तल्लो तहका अदालतको आदेश सदर गर्दै चौधरीको रिट खारेज गरिदिएको छ । 

सोमवार ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले उच्च र जिल्ला अदालतको आदेश सदर गर्दै चौधरीको रिट खारेज गरिदिएको हो ।

यससँगै चौधरीले अब मुद्दाको पुर्पक्ष हुन्जेल थुनामै रहनुपर्ने भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्