
काठमाडौं– नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ याङ्कीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएकी छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहमा याङ्की राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएकी हुन् ।
सोमबार चीनसँगै प्रजातान्त्रिक गणतन्त्र कोरिया, साउदी अरब र स्वीडेनका नवनियुक्त राजदूतहरुले पनि राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।