२५ जेठ २०८३, सोमबार

सरकारद्वारा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख ‘बर्खास्त’

सरकारद्वारा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख ‘बर्खास्त’

काठमाडौं– सरकारले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीलाई पदमुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् स्रोतले बताएको छ । 
स्रोतका अनुसार उनको ठाउँमा गणेश अधिकारीलाई नियुक्त गरिएको छ । उनले सोमबार राती नै पदभार ग्रहण गरिसकेका छन् । 
यसअघि अनुसन्धान विभागका प्रमुखको कार्यकाल ४ वर्षको रहेकोमा सरकारले कार्यकाल तीन वर्षमा सीमित गर्दै उनलाई पदमुक्त गरिदिएको स्रोतको भनाई छ । 

रेग्मी ०७२ जेठमा अनुसन्धान प्रमुखमा नियुक्त भएका थिए । काँग्रेस नेतृत्वको तत्कालीन सरकारले पर्वतका उनलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको थियाे । 

salt training

कमेन्ट गर्नुहोस्