२६ असार २०८३, शुक्रबार

हसिनाद्वारा प्रधानमन्त्रीको शपथ ग्रहण

हसिनाद्वारा प्रधानमन्त्रीको शपथ ग्रहण

काठमाडौं– बंगलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । राजधानी ढाकास्थित बंगाभवनमा आयोजित समारोहमा ७१ वर्षीय हसिनालाई राष्ट्रपति मोहम्मद अब्दुल हमिदले शपथ दिलाएका हुन् । 

बंगलादेशमा हालै भएको निर्वाचनमा आफ्नो दलले संसद्मा बहुमत हासिल गरसँगै हसिना पुनः प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् । चार पटक बंगलादेशको प्रधानमन्त्री बनेकी हसिनाको यो लगातारको तेस्रो कार्यकाल हो । 

प्रधानमन्त्रीको शपथसँगै नयाँ मन्त्रीहरूलाई पनि राष्ट्रपतिले शपथ गराएका छन् । ४६ मन्त्रीमध्ये ३१ नयाँ अनुहारका भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्