२५ जेठ २०८३, सोमबार

श्रीमतीलाई करणी गरेको आरोपमा ६ महिना कैद

श्रीमतीलाई करणी गरेको आरोपमा ६ महिना कैद

भोजपुर– जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । 

न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ ।  तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्