२५ जेठ २०८३, सोमबार

२०० नेपाली युएईको जेलमा, त्यसमा १२ जना महिला

पुस २४, २०७५
२०० नेपाली युएईको जेलमा, त्यसमा १२ जना महिला

दुबई– युएईका विभिन्न जेलमा दुई सय नेपाली रहेको नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावास आबुधावीले युएईका विभिन्न प्रान्तहरुमा रहेका केन्द्रीय जेलहरुको भ्रमणपश्चात तयार पारेको तथ्यांक आइतबार सार्वजनिक गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।
दूतावासका अनुसार दुबई, शारजाह, अल अथ्वा, अजमान, रसअलखेमा, उम्मलक्वीन, फजेराह र अलएनस्थित ८ वटा जेलमा भ्रमण गरी प्रतिवेदन तयार पारेको हो । 

प्रतिवेदनमा १८८ पुरुष र १२ महिला युएईको जेलमा रहेको उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्