
काठमाडौं – जगदम्बा मोटर्स, अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध २ तथा ३ पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनीको नेपालभरकै एक मात्र अधिकृत बिक्रेताले काठमाडौंस्थित भृकुटीमण्डपमा आफ्नो ४ दिने ‘दि टिभिएस ग्रान्ड एक्सचेन्ज’ कार्यक्रमको आयोजना गरेको छ ।
पुस २५ गतेबाट शुरू भइ पुस २८ गतेसम्म चल्ने ४ दिने एक्सचेन्जमा दैनिक ग्राहकको घुइँचो लाग्ने आशा गरिएको छ ।
बजारमा निकै नाम चलेको र मन पराइएको यस कम्पनीले यो एक्सचेन्ज योजनामा जुनै पनि कम्पनीको बाइक वा स्कूटरसित आफ्नो उत्पादन एक्सचेन्ज र अन्य विभिन्न उपहारका साथसाथै छुटको पनि व्यवस्था गरेको छ ।
बजार विस्तार गर्ने उत्कृष्ट शैली टिभिएसले आयोजनामार्फत् सञ्चालन गरेको छ । पुस २८ सम्म चल्ने कार्यक्रमको भरपुर फाइदा लिन कम्पनीका अधिकारी पुरानो बाइकका मालिकलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्छन् ।
२०% डाउनपेमेन्टमा ०% ब्याजदर, ८००० सम्म पर्ने उपहार (हेल्मेट, पन्जा, बाइक कभर र ब्याग), जुनै सवारीमा न्यूनतम २५००० मुल्यांकन, ७०००–१००००० सम्मको नगद छुट र बम्पर उपहारमा टिभिएस स्ट्राइकर १२५ सीसी बाइकजस्ता आकर्षक उपहारको व्यवस्था एक्सचेन्ज कार्यक्रममा गरिएको छ ।
कार्यक्रमको शोभा बढाउन निःशुल्क स्वास्थ्य जाच, स्टन्ट शो र स्लो राइड कम्पिटिसनको पनि आयोजना गरिने भएको छ । कार्यक्रममा टिभिएसले हरेक ब्रान्डका मोटरसाइकल हुने ग्राहकहरुलाइ स्वागत गरी एउटा उदाहरणको रुपमा चिनिन सफल रहेको छ ।
अरु ब्रान्डका यस्ता एक्सचेन्ज कार्यक्रममा त्यही ब्रान्ड बाहेक अन्य ब्रान्डका बाइक नसाटिने हुँदा मौकालाई टिभिएसले आफ्नो ब्रान्ड विस्तार गर्न कार्यक्रमको आयोजना गरेको हो । टिभिएसले आउने दिनमा ग्राहकको सेवा तथा सुविधाको लागि यस्ता अन्य विभिन्न कार्यक्रम र अफरको आयोजना गर्ने उद्देश्य बोकेको छ ।