३२ असार २०८३, बिहीबार

जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पक्राउ

जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पक्राउ

मेलम्ची- जिल्ला अदालत सिन्धुपाल्चोकका वैतनिक अधिवक्ता पुण्यप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । खनाललाई सरकारी कागजात किर्ते अनुसन्धानको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उहाँमाथि सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ का एक व्यक्तिकोे जन्मदर्ता किर्तेका अभियुक्तलाई छुटाउन सहयोग गरेको आरोप लागेको छ । खनालविरुद्ध कानून व्यवसायी काउन्सिलमा समेत उजुरी परेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका पोखरेकी ‘ग’ भनिने (प्रहरीले दिएको नाम) एक महिलाको बलात्कार विषयको मुद्दामा पीडित र पीडक दुवैतर्फको मुद्दा आफँैले लेखेर आफँैले बहस गरेको भन्दै काउन्सिलमा उजुरी परेको छ । 

हिरासतमा राखिएका खनाललाई लागेका आरोपउपर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विमलराज कँडेलले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्