काठमाडौं– नेपालमा बाइक चलाउनेको संख्या दिनप्रतिदिन बढ्दै गएका छन् । त्यसै अनुसार पेट्रोलको माग दिनप्रतिदिन बढ्दै गएको छ । र पेट्रोल महंगिदै पनि गएको छ ।
यदि मोटरसाइकलले धेरै पेट्रोल खाएमा पेट्रोल बचाउनको लागि यी निम्न टिप्स अपनाउँदा मोटरसाइकलको माइलेज धेरै बढ्छ ।
बाइक चलाउने बेला हामीले थाहा नपाइकनै गल्ती गर्ने कारण बाइकले पेट्रोल धेरै खान्छ ।
यस गल्तीलाई सुधार्ने हो भने महिना दिनमै बाइकको माइलेज बढ्छ । यस बिषयमा अटोमोबाइल एक्सपर्ट अंकित जोशीले बाइकको माइलेज बढाउन निम्न उपायहरु अपनाउन सुझाएका छन् ।
आफ्नो टु ह्वीलर बाइकलाई एउटै स्पीडमा चलाउने कोशिस गर्नुुस् । जसले बाईकको माइलेज बढाउँछ ।
बाइक चलाउने बेला क्लच समातिराख्नु हुँदैन । यसो गर्दा बाइकको माइलेजमा कमी आउँछ । क्लचलाई गियर परिवर्तन गर्ने बेलामात्रै प्रयोग गर्नुपर्छ ।
फोर स्टक इन्जिनको लागि बाइकको चोक र सेल्फ स्टार्टसँगै स्विच अन गर्नुपर्छ । यसपछि एक्सिलेटर बिना नै बाइकलाई १० देखि १५ सेकेण्डसम्म यतिकै छोड्नुपर्छ । यसबाट फ्युललाई इन्जिनसम्म पुग्न समय मिल्छ ।
बाइक चलाउने बेला टप गियरबाट एकैचोटी लो गियरमा झार्नुहुँदैन । यसले फ्युलको इफिसेन्सी कम गर्छ । बाइक चलाउँदा बिना कारण बिनाकारण ब्रेक र क्लचको प्रयोग गर्नुहुँदैन ।
बाइक चलाउने बेला ब्रेक पैडललाई खुट्टाले दबाईराख्नुहुँदैन । यसले माइलेज घटाउँछ । यसका साथै इन्जिनलाई अगाडि वा साइडबाट कभर गर्ने कुनै बस्तु राख्नु हुँदैन ।
ट्राफिक सिग्नलमा रातो बत्ति बल्दा ३० सेकेण्डभन्दा बढी रोकिन सकिने कारण इन्जिनलाई अफ गर्नुपर्छ । हामी सोच्छौं कि यसले माइलेजमा कुनै फरक पर्दैन तर यसले माइलेजमा धेरै फरक पार्छ ।
बाइकको माइलेज बढाईराख्नको लागि नियमित रुपमा इन्जिन आयल परिवर्तन गरिराख्नुपर्छ र साथै समय समयमा सर्विसिङ पनि गरिराख्नुपर्छ ।
एजेन्सीको सहयोगमा