
काठमाडौं– ठगी गर्ने पनि अनेक प्रकारका काइदा हुन्छन् । प्रहरीले यस्तै एक अनौठो तरिकाको ठगीमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
बाहिरी भागमा सक्कली अमेरिकी डलरका नोट राखेर भित्र कागज राखेर ठगी गर्ने २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली–१० बस्ने २८ वर्षीय कुमसिङ्ग घिसिङ्ग र सोही ठाउँका ३० वर्षीय प्रेम बहादुर तामाङ छन् ।
उनीहरुले काठमाडौंका विभिन्न ठाउँमा डलर साटिदिन्छु भन्दै बाहिरी सक्कली डलर राखेर भित्री भागमा कागज राखेको पोको दिएर ठगी गर्ने गरेका थिए ।
प्रहरीका अनुसार उनीहरुले करिब २० लाख रुपैयाँभन्दा बढी ठगी गरेको फेला परेको छ ।