
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय धनगढीमा स्थापना गरेको छ ।
उक्त कार्यालयको आरम्भ समारोहमा उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाक प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत बैंकका ५ वटा शाखाहरु (बझांग, अछामको ढकारी, धनगढी, महेन्द्रनगर तथा कैलालीको मोहन्याल)बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ ।
सुदूपश्चिम प्रदेशमा रहेका ९ जिल्ला मध्ये ४ वटा जिल्लामा बैंकको पहुँच रहेको छ । यस प्रदेशमा बैंकले करिव २० हजार ग्राहक वर्गलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।
नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना ः संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ ।
यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको बैंकले जानकारी दिएको छ ।
यस अगावै बैंकले प्रादेशिक कार्यालयहरु ःप्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्श नगरमा, गण्डकी प्रदेशको पोखराको सिमलचौरमा, प्रदेश नं ५ को नेपालगंजमा, र कर्णाली प्रदेशको सुर्खेतमा स्थापना गरिसकेको छ ।